• ट्रेण्डिङ्ग :
काठमाडौं महानगरको फोहोर ढुवानी दुई दिन रोकिने

काठमाडौं महानगरको फोहोर ढुवानी दुई दिन रोकिने


  • 6.0K
    SHARES
    • आषाढ १४, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 9.3K Views

    काठमाडौं महानगरको फोहोर ढुवानी दुई दिन रोकिने

    काठमाडौं, १४ असार । काठमाडौं महानगरपालिकाको फोहोर ढुवानी दुई दिन रोकिने भएको छ । बञ्चरेडाँडा ल्यान्डफिल्ड साइट जाने बाटो मर्मत गर्नुपर्ने भएकोले मंगलबार र बुधबार काठमाडौंको फोहोर ढुवानी रोकिने महानगरपालिकाले जनाएको छ । फोहोर संकलनमा भने खासै समस्या नभएको महानगरको भनाइ छ ।

    images

    ‘आज र भोलि बञ्चरेडाँडा ल्यान्डफिल्ड साइट जाने बाटो मर्मत गर्न लागेकोले फोहोर ढुवानी रोकिने भएको छ । केही ठाउँमा फोहोर संकलन पनि रोकिन सक्छ,’ मेयरको सचिवालयले भन्यो ।

    काठमाडों महानगरका अनुसार प्रत्येक दिन ३ सय ट्रक फोहोर बञ्चरेडाँडामा खसाल्न सुरु भएता पनि वर्षाले गर्दा बाटो बिग्रँदा १ सय ट्रक फोहोर भन्दा धेरै ल्यान्डफिल्ड साइट लैजान नसक्ने स्थिति रहेको छ । बिहीबारदेखि महानगरको फोहोर नियमित रुपमा फेरि बञ्चरेडाँडा जाने महानगरले जनाएको छ ।


    तेस्रो आँखा
    लेखकबाट थप