• ट्रेण्डिङ्ग :
चालु चालु आर्थिक वर्षमा विदेशबाट ४५ अर्ब २८ करोड रुपैयाँको धान र चामल आयात

चालु चालु आर्थिक वर्षमा विदेशबाट ४५ अर्ब २८ करोड रुपैयाँको धान र चामल आयात


  • 6.4K
    SHARES
    • आषाढ १५, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 9.9K Views

    चालु चालु आर्थिक वर्षमा  विदेशबाट ४५ अर्ब २८ करोड रुपैयाँको धान र चामल आयात

    काठमाडाैं,१५ असार ।  चालु आर्थिक वर्ष (२०७८/७९) मा नेपालले विदेशबाट ४५ अर्ब २८ करोड रुपैयाँको धान र चामल आयात गरेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार गत साउनदेखि जेठसम्मको अवधिमा उक्त मूल्य बराबरको धान, चामल, धानको बिउ र कनिका आयात भएको हो ।यस अवधिमा विदेशबाट २७ अर्ब ११ करोड रुपैयाँको चामल आयात भएको छ । यस्तै, १५ अर्ब ९२ करोड रुपैयाँको धान र १ अर्ब ३८ करोड रुपैयाँको कनिका आयात भएको छ । यसैगरी, यस अवधिमा ८७ करोड रुपैयाँको धानको बिउ आयात भएको तथ्याङ्कले देखाएको छ ।

    images

    यही अवधिमा विदेशबाट ५० लाख रुपैयाँ बराबरको चिउरा समेत भित्रिएको छ । तथ्याङ्कअनुसार नेपालले दक्षिण छिमेकी मुलुक भारतबाट सबैभन्दा धेरै धान, चामल र धानको बिउ तथा कनिका आयात गर्ने गरेको छ । अहिलेसम्म नेपाल भित्रिएको धान भारतबाट मात्रै आयात भएको छ । यस्तै, भारत, बंगलादेश, चीन, मलेसिया र फिलिपिन्स लगायतका देशबाट धानको बिउ आयात भएको छ । यसका साथै, भारत र चीन तथा जापान, इटाली, कोरिया, थाइल्याण्ड, अमेरिका, भियतनाम र अष्ट्रेलियालगायतका मुलुकबाट चामल र कनिका आयात भएको छ । यीमध्ये भारत र चीनबाट सबैभन्दा धेरै चामल भित्रिएको विभागको तथ्याङ्कले देखाउँछ ।

    कृषि सचिव गोविन्दप्रसाद शर्मा नेपालमा बर्सेनि माग बढ्दै जाँदा आयात समेत बढिरहेको बताउँछन् । नेपालमा बर्सेनि जमिन बाँझो राख्नेक्रम बढ्दो स्थितिमा छ । जसले गर्दा खेतीयोग्य जमिनलाई बञ्जरमा परिणत गर्छ र उत्पादन घट्दै जान्छ । तर, खपत भने दिनदिनै बढ्दै जाँदा विश्वका दर्जनभन्दा बढी देशबाट चामल आयात भइरहेको सचिव शर्माको भनाइ छ । कृषि विभागका महानिर्देशक राजुरमण पौडेलले गत वर्ष नेपालमा ५६ लाख मेट्रिक टन धान उत्पादन भएको बताए । देशभरको १४ लाख ७० हजार हेक्टर क्षेत्रफलमा लगाइएको धान खेतीबाट उक्त परिमाणको धान उत्पादन भएको पौडेलको भनाइ छ ।

    तर, गत वर्ष धान भित्र्याउने समयमा परेको पानीबाट आएको बाढी र डुबानका कारणले धानमा ठूलो क्षति भएको थियो । जसको प्रभावस्वरूप यो वर्ष धान र चामलको आयात झनै बढ्ने अनुमान सरकारको छ । आर्थिक वृद्धिमा नै क्षति पुर्‍याउने गरी आएको उक्त बाढीले नेपालमा धान र चामलको आयात र यसबाट विदेशी मुद्राको सञ्चितिलाई नै असर पार्ने बताइएको छ । हुन पनि, आर्थिक वर्ष २०७५र७६ मा ३१ अर्ब ४३ करोड रुपैयाँको चामल र १ अर्ब ११ करोड रुपैयाँको कनिका आयात भएको थियो ।

    आर्थिक वर्ष २०७७र७८ सम्म आइपुग्दा २७ अर्ब ६२ करोडको चामल, १८ अर्ब ३७ करोडको धान, २ अर्ब ६१ करोडको कनिका र २ अर्ब १७ करोडको धानको बिउ भित्रिएको छ । यसले २ वर्षको अन्तरालमै नेपालमा धान र चामल लगायतका वस्तुको आयात झण्डै दोब्बरले बढेको देखाउँछ । आर्थिक वर्ष २०७५/७६ मा चामल र कनिका मात्रै आयात भएकामा २०७७र७८ सम्म आइपुग्दा धान र धानको बिउ आयातमा पनि अर्बौं रुपैयाँ बाहिरिएको देखिन्छ । यसले नेपालमा बर्सेनि धान र चामलको आयात बढ्दो स्थितिमा रहेको देखाउँछ ।


    तेस्रो आँखा