• ट्रेण्डिङ्ग :
पहिरो जाँदा सिद्धार्थ राजमार्गको बुटवल-तानसेन सडकखण्ड अवरूद्ध

पहिरो जाँदा सिद्धार्थ राजमार्गको बुटवल-तानसेन सडकखण्ड अवरूद्ध


  • 3.8K
    SHARES
    • आषाढ १५, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 5.9K Views

    पहिरो जाँदा सिद्धार्थ राजमार्गको बुटवल-तानसेन सडकखण्ड अवरूद्ध

    बुटवल,१५ असार ।  दुई दिनदेखि परेको लगातारको वर्षाले ठाउँ ठाउँमा पहिरो जाँदा सिद्धार्थ राजमार्गको बुटवल-तानसेन सडकखण्ड अवरूद्ध भएको छ। यो सडकखण्डको आधा दर्जन बढी स्थानमा पहिरो झरेपछि बुधबार बिहानैदेखि आवागमन अवरूद्ध भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ।

    images

    प्रहरीका अनुसार सिद्धबाबादेखिनै आधा दर्जन बढी स्थानमा पहिरो झरेपछि सवारीसाधनको आवतजावत बन्द भएको हो।  माथिल्लो सिद्धबाबा मन्दिर नजिकै माथिबाट ढुङ्गा र लेदोसहितको पानीको छहरो झरेको छ। सिद्धार्थ राजमार्गकै पानी मिल, हिउँदे खोला, कालिमाटी, चर्चरे, चौबिस माईल, गौंडेपुल लगायतका क्षेत्रमा पहिरो खसेर सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।

    मंगलबार रातिदेखि परेको वर्षा दिउँसो केहिबेर रोकिए पनि रातिदेखि फेरि ठूलो वर्षा भइरहेको छ। पानी परिरहेकोले पहिरो गएको स्थानमा जान नसकेको प्रहरीले जनाएको छ । यस्तै पाल्पाको रैनादेवी छहरा गाउँपालिका नजिकै पहिरो झर्दा एउटा पसल भत्किएको छ। वडा नम्बर ४ स्थित गाउँपालिका भवन अगाडि पहिरो जाँदा स्थानीय मंगल हिताङको पसल भत्किएको वडा नम्बर ३ का अध्यक्ष प्रदीप पौडेलले जानकारी दिए।


    तेस्रो आँखा
    लेखकबाट थप