• ट्रेण्डिङ्ग :
पहिराेकाे कारण काठमाडाैंदेखि ओखलढुंगा, खोटाङ, सोलुखुम्बु चल्ने सवारी आवागमन ठप्प

पहिराेकाे कारण काठमाडाैंदेखि ओखलढुंगा, खोटाङ, सोलुखुम्बु चल्ने सवारी आवागमन ठप्प


  • 22.6K
    SHARES
    • आषाढ १५, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 34.8K Views

    पहिराेकाे कारण काठमाडाैंदेखि ओखलढुंगा, खोटाङ, सोलुखुम्बु चल्ने सवारी आवागमन ठप्प

    काठमाडौं, १५ असार । पहिरोका कारण काठमाडौंदेखि ओखलढुंगा, खोटाङ, सोलुखुम्बु चल्ने सवारीसाधन आवजावतमा अवरोध आएको छ । 

    images

    आज रातिदेखि भएको वर्षाको कारण सिन्धुलीस्थितकाे गाेलन्जाेर गाउँपालिका-६ खुर्काेट नजिकै रहेकाे हैबार अक्करे भिरमा पहिरो गएकोले सवारी आवतजावतमा समस्या आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका वरिष्ठ सइ जे जंग कार्कीले जानकारी दिए ।

    हाल सडक सञ्चालनमा ल्याउन डाेजर लगाइएकाे भएपनि निरन्तर पानी परिरहेकाे र माथीबाट पहिराे खसिरहेकाेले सडक खुलाउन समस्या भएकाे उनकाे भनाइ छ । सडकमा आएकाे अवराेधकाे कारण काठमाडाैंबाट गएकाे सवारीसाधन काठमाडाैं तर्फ फर्काइएकाे र ओखलढुंगा, खोटाङ, सोलुखुम्बुका सवारी साधनलाई उतै फर्कन भनिएकाे कार्कीले जानकारी दिए । अवस्था बुझेरमात्रा यात्रामा निष्कन प्रहरीले आग्रह गरेको छ । 

    290080709_5143986122347045_7014060471969699560_n.jpg

    289926188_1395201850958611_8542223100588576837_n.jpg


    तेस्रो आँखा
    लेखकबाट थप