• ट्रेण्डिङ्ग :
२० वर्षिय युवाले गरे ४ सय ४१ रनको सानदार ब्याटिङ

२० वर्षिय युवाले गरे ४ सय ४१ रनको सानदार ब्याटिङ


  • 6.3K
    SHARES
    • आषाढ १७, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 9.6K Views

    २० वर्षिय युवाले गरे ४ सय ४१ रनको सानदार ब्याटिङ

    एजेन्सी, १७ असार । इंग्ल्यान्डको काउन्ट्री सेकेन्ड ११ च्याम्पियनसिप प्रतियोगितामा योर्कशायर सकेन्ड ११ बाट २० वर्षीय युवा विकेटकिपर ब्याटर फिनले बीनले नटिङ्घमशायरविरुद्ध ४ सय ४१ रनको सानदार ब्याटिङ गरेका छन् ।

    images

    बीनले ५ सय १८ बलमा ५२ चौका र ३ छक्कासहित ४ सय ४१ रनको सानदार ब्याटिङ गरेका हुन् । उनको उक्त ब्याटिङको सहयोगमा पहिलो इनिङमा योर्कशायरले ८१४–७ को अवस्थामा इनिङ समाप्तिको घोषणा गरेको थियो । काउन्ट्री सेकेन्ड ११ को इतिहासमा एक ब्याटरले बनाएको उच्च प्रदर्शन हो । यसअघि २५ वर्षअघि मार्कस ट्रेस्कोथिकले ३ सय २२ रनको इनिङ खेलेका थिए । यस प्रतियोगिता इतिहासमै पहिलो पटक ८ सय माथिको योगफल बनेको हो ।

    नटिङ्घमशायरले पहिलो इनिङमा ५ सय ३४ रनमा अल आउट भएको थियो । दोस्रो इनिङमा २६९र५ को अवस्थामा खेल बराबरीमा सकिएको थियो । बायाँ हाते विकेटकिपर बीनले २०१९ मा इंग्ल्यान्डको यू१९ टोलीबाट खेलि सकेका छन् । यू१९ टोलीमा अपेक्षा अनुसार प्रदर्शन हुन नसकेपछि उनी विश्वकप यू१९ टोलीमा पर्न असफल भएका थिए ।


    तेस्रो आँखा
    लेखकबाट थप