• ट्रेण्डिङ्ग :
अमेरिकामा गोली चल्दा ९ जना घाइते

अमेरिकामा गोली चल्दा ९ जना घाइते


  • 5.0K
    SHARES
    • आषाढ १७, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 7.8K Views

    अमेरिकामा गोली चल्दा ९ जना घाइते

    एजेन्सी, १७ असार । अमेरिकाको उत्तरपूर्वी शहर नेवार्कमा बिहीबार भएको गोलीकाण्डमा नौ जना घाइते भएको सिन्ह्वाले जनाएको छ ।

    images

    अमेरिकी राष्ट्रपति जो बाइडेनले संयुक्त राज्य अमेरिकामा बन्दुक हिंसाका घटनाहरू रोक्न एक विधेयकमा हस्ताक्षर गरेपछि  सो सामूहिक गोलीबारीको घटना भएको हो। गोलीबारी क्लिन्टन प्लेसको २०० ब्लकमा साँझ ६:२० बजे भएको सिन्ह्वाले प्रहरीलाई उद्धृत  गर्दै बिहीबार उल्लेख गरेको छ ।  पीडितमा एक नाबालक समेत रहेको बताइएको छ ।

    घटना बारे नेवार्क प्रहरी विभाग द्वारा अनुसन्धान भइरहेको र थप विवरण सार्वजनिक हुन बाँकी छ । संयुक्त राज्य अमेरिकामा बन्दुक हिंसा र राजनीतिक निष्क्रियता विरुद्ध राष्ट्रव्यापी विशाल प्रदर्शन भएको र १९ बालबालिका र दुई शिक्षकको हत्या भएको घटनाको एक महिनापछि सम्झौता कानून लागू भएको थियो।


    तेस्रो आँखा
    लेखकबाट थप