• ट्रेण्डिङ्ग :
अमेरिकामा नेपाली खेलाडी र पत्रकार सम्मानित

अमेरिकामा नेपाली खेलाडी र पत्रकार सम्मानित


  • 7.1K
    SHARES
    • आषाढ २०, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 10.9K Views

    अमेरिकामा नेपाली खेलाडी र पत्रकार सम्मानित

    काठमाडौं, २० असार । नेपाली फुटबलर नवयुग श्रेष्ठ र भरत खवाससँगै दुई जना नेपाली खेलकुद पत्रकारलाई अमेरिकामा सम्मान गरिएको  छ । फुटबलर श्रेष्ठ, खवास तथा खेलकुद पत्रकार रोशनबहादुर सिंह र फोटो पत्रकार कौशल अधिकारी सम्मानित भएका हुन् । अमेरिकाको बाल्टिमोरमा भएको एनएसी फुटबल प्रतियोगिताको फाइनल खेलपछि चारै जनालाई बाल्टिमोर काउन्टीअन्तर्गट डिस्ट्रिक्ट आठले सम्मान गरेको हो ।

    images

    चारै जनालाई डिस्ट्रिक्ट आठका डेलिगेट्स ह्यारी भण्डारीले सम्मान गरे । सिंहलाई नेपाली खेलकुदमा पत्रकारिताको माध्यमबाट गरेको महत्वपुर्ण योगदानका कारण र अधिकारीलाई फोटो पत्रकारितामा गरेको योगदानको कदर गर्दै सम्मान गरिएको हो । चारै जनालाई नेपाली खेलकुदमा पुर्याएको योगदानको कदर गर्दै सम्मानित गरेको ह्यारी भण्डारीले जानकारी दिए । यसअघि रोशन, कौशल, भरत र नवयुगलाई बाल्टिमोरको १० नम्बर डिस्ट्रिक्टका डेलिगेट जे जेलेसीले पनि सम्मान गरेका थिए। एनएसी कप फुटबलका लागि भरत र नवयुगले अमेरिकाको एल ए गुँरासबाट खेलेका थिए। 


    तेस्रो आँखा
    लेखकबाट थप