• ट्रेण्डिङ्ग :
न्युजिल्याण्ड पठाइदिने भन्दै ६३ लाख ठगी गरेको आरोपमा शोभा पौडेल पक्राउ

न्युजिल्याण्ड पठाइदिने भन्दै ६३ लाख ठगी गरेको आरोपमा शोभा पौडेल पक्राउ


  • 6.0K
    SHARES
    • आषाढ २२, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 9.2K Views

    न्युजिल्याण्ड पठाइदिने भन्दै  ६३ लाख  ठगी गरेको आरोपमा शोभा पौडेल  पक्राउ

    काठमाडौं,२२ असार। न्युजिल्याण्ड पठाइदिने भन्दै ९ जनाबाट ६३ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले नुवाकोटकी २७ वर्षकी शोभा पौडेललाई पक्राउ गरेको छ ।

    images

    नुवाकोटको विदुर नगरपालिका–७ घर भई बुढानीलकण्ठ नगरपालिका–३ घुम्तीमा बस्ने पौडेलले सिन्धुलीको दुधौली नगरपालिका–१ का नारायण बोगटीसहित ९ जनाबाट ६३ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएको प्रहरीको भनाइ छ ।

    न्युजिल्याण्ड जान १२ लाख ५० हजार रुपैयाँ लाग्ने, त्यहाँ कृषि कम्पनीमा फलफूल टिप्ने काम लगाइदिने र मासिक तलब एक लाख ७० हजार रुपैयाँसम्म हुने भन्दै उनले ६३ लाख रुपैयाँ रकम लिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एसपी दिनेशकुमार आचार्यले जानकारी दिए ।

    रकम लिएर सम्पर्कविहीन भएपछि वैदेशिक रोजगार विभागले पौडेललाई पक्राउ गरी उपस्थित गराइदिन पत्राचार गरेको थियो । त्यसपछि प्रहरीले मंगलबार साँझ ५ बजे पौडेललाई कपनबाट पक्राउ गरेको हो ।


    तेस्रो आँखा
    लेखकबाट थप