ओखलढुंगा,२२ असार । नेकपा एमाले ओखलढुंगाको पुराना नेता लाक्पा गेल्बु शेर्पाले पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएका छन् । जिल्ला कमिटी सचिवालय सलदस्य तथा खिजीदेम्बा गाउपालिका इन्चार्ज समेत रहेका शेर्पाले आज पार्टी अध्यक्षलाइ सम्बोधन गर्दै राजीनामा दिएका हुन् ।
२०५४ साल देखि खिजीफलाटेको नेतृत्व गर्दै हाल गाउपालिकाको समेत नेतृत्व सम्हालेका शेर्पाले २०७९ को स्थानीय तह निर्वाचनमा पार्टीलाई जिताउन नसकेका कारण नैतिकताका आधारमा साधारण सदस्य समेत नरहनेगरी पार्टीबाट निस्कीएको बताएका छन् । उनी २०७४ को स्थानीय तह निर्वाचनमा नेकपा एमाले खिजीदेम्बा गाउँपालिका अध्यक्षकाे उम्मेद्वार बनेका थिए ।त्यसवेला नेपाली कांग्रेसका नेता वेदबहादुर रोकासँग ४ सय भोटअन्तरले हारेका थिए ।
यस पटक पनि टिकटको दावेदार रहेका उनी लामो समय पार्टीसंगठनलाई मजबुद बनाउन लागेपनि परिणाम ल्याउन नसकेको र पार्टीले समेत मूल्यांकन गर्न नसकेकाले पार्टीमा बसीरहन नसकेकाे उनी निकटका कार्यकर्ताहरुले बताए । लामो समयदेखि नेपाली कांग्रेसको पक्कड रहेको खिजीदेम्बा गाउँपालिका अध्यक्षमा यस पटक जनता समाजवादीका गोम्बु शेर्पाले जितेका छन् । एमााले र कांग्रेसका महत्वपूर्ण नेताहरुले समेत गोम्बु शेर्पालाई सहयोग गरेका कारण उनको जित भएको स्थानीयहरुको भनाइ छ ।
जनजाति समुदायको बाहुल्यता रहेको उक्त गाउँपालिकामा सबैदलका जनजाति नेताहरु एकठाउँमा रहेको भन्दै लाक्पा गेल्बु समेतलाई एमालेले चुनावमा असहयोग गरेको सूचिमा राखेको एमालेका एक नेताले बताए । उनी सम्भव त जसपामै जाने तयारी भएको हुनसक्ने ती नेताले तेस्रो आँखालाई जानकारी दिए ।
