• ट्रेण्डिङ्ग :
सरकारी जग्गा व्यक्तिका नाममा भोगचलन गरेपछि...

सरकारी जग्गा व्यक्तिका नाममा भोगचलन गरेपछि...


  • 4.9K
    SHARES
    • आषाढ २३, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 7.6K Views

    सरकारी जग्गा व्यक्तिका नाममा भोगचलन गरेपछि...

    काठमाडौं, २३ असार। सार्वजनिक जग्गा व्यक्तिले भोगचलन गरेको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गाधनी र मालपोत तथा नापी कार्यालयका अधिकारीलाई छानबिनका लागि बोलाएको छ । 

    images

    आयोगले आज एक सूचनामार्फत धनुषाको जनकपुर पिडारीचोकको आठ बिघा बढी सरकारी तथा सार्वजनिक जग्गा भोगचलन गरेको भन्दै दिवविक्रम शाहलगायतलाई सात दिनभित्र आयोगमा सम्पर्क राख्न भनेको छ । आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले सार्वजनिक तथा सरकारी जग्गा भोगचलन गरेको भन्ने उजुरीका आधारमा छानबिनका लागि उनीहरुलाई बोलाइएको जानकारी दिए । 

    आयोगले दिवविक्रम, विभाकुमारी यादव, राजकिशोर महासेठ, बिमला देवी, विजयकुमार मण्डल, चन्द्रकला कुमारी देवीलगायत २७ जनालाई सात दिनभित्र आयोगको अनुसन्धान महाशाखामा सम्पर्क राख्न आग्रह गरेको छ । विभिन्न कित्ताको ठूलो परिमाणको  सरकारी जग्गा व्यक्तिले भोगचलन गरिरहेको भन्ने उजुरीपछि आयोगले चासो व्यक्त गरेको हो । 

    आयोगले मालपोत कार्यालय धनुषाका प्रमुख मालपोत अधिकृत शशीनारायणलाल दास, नापी कार्यालय धनुषाका नापी टोली प्रमुख चौमानसिंह थापा र नापी कार्यालय धनुषाका निरीक्षक सीताराम साहलाई पनि सम्पर्कका लागि बोलाएको छ ।


    तेस्रो आँखा
    लेखकबाट थप