• ट्रेण्डिङ्ग :
खोटाङमा दलित महिला सदस्य झुण्डिएको अवस्थामा मृत फेला

खोटाङमा दलित महिला सदस्य झुण्डिएको अवस्थामा मृत फेला


  • 6.7K
    SHARES
    • आषाढ २३, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 10.4K Views

    खोटाङमा दलित महिला सदस्य झुण्डिएको अवस्थामा मृत फेला

    खोटाङ, २३ असार। खोटाङको रावाबेँसी गाउँपालिका–३ लामीडाँडाकी दलित महिला सदस्य ३० वर्षीया मेनुजा विश्वकर्मा मृत फेला परेकि छिन् । गत ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट वडाको दलित महिला सदस्यमा निर्वाचित विश्वकर्मा आज बिहान मृत फेला परेकि हुन्।

    images

    माइतीतर्फका हजुरबुवाको मृत्यु भएपछि मङ्गलबार माइतीघर पुगेकी उनी झुण्डिएको अवस्थामा मृत फेला परेको गाउँपालिका प्रमुख फटिककुमार श्रेष्ठले बताए। मेनुजा ७२० मत ल्याएर दलित महिला सदस्यमा दोस्रोपटक विजयी भएकी थिइन् । स्नातक तह उत्तीर्ण भएकी उनी गाउँ कार्यपालिका सदस्यमा पनि विजयी भएकी थिइन् । नेपाली कांग्रेस लामीडाँडाका वडा सभापतिसमेत रहेकी मेनुजाका दुई छोरी छन् । 

    उनका श्रीमान् भूपेन्द्र वैदेशिक रोजगारीका सिलसिलामा दुबई रहेको पारिवारिक स्रोतले जनाएको छ । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको प्रहरीले जनाएको छ । घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्सालले बताए ।

    यस्तै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खामीका ४३ वर्षीय रुद्रशेर राई आज बिहान घरपछाडि रहेको आँपको रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका जनाइएको छ । रुद्रशेरको शव पनि परीक्षण गर्न अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # खाेटाङ

  • तेस्रो आँखा
    लेखकबाट थप