• ट्रेण्डिङ्ग :
जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधनप्रति प्रधानमन्त्री देउवाद्वारा दुःख व्यक्त

जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधनप्रति प्रधानमन्त्री देउवाद्वारा दुःख व्यक्त


  • 5.0K
    SHARES
    • आषाढ २४, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 7.6K Views

    जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधनप्रति प्रधानमन्त्री देउवाद्वारा दुःख व्यक्त

    काठमाडौं, २४ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

    images

    प्रधानमन्त्री देउवाले आज सामाजिक सञ्जाल ट्वीटमार्फत पूर्वप्रधानमन्त्री शिन्जोको निधनको खबर सुनेर दुःख लागेको उल्लेख गरेका हुन् । “मेरो हार्दिक श्रद्धाञ्जली । उहाँ विश्वका चर्चित नेता मात्र नभएर नेपालको असल मित्र पनि हुनहुन्थ्यो”, प्रधानमन्त्री देउवाले उल्लेख गरेका छन् । 

    उनले शोकको यस दुःखद् घडीमा जापानका जनता र शोक सन्तप्त परिवारका सदस्यहरूमा समवेदना प्रकट गरेका छन् । शुक्रबार बिहान चुनावी सभालाई सम्बोधन गर्ने क्रममा गोली लागि घाइते भएका पूर्वप्रधानमन्त्री शिन्जोको निधन भएको हो । 


    तेस्रो आँखा
    लेखकबाट थप