काठमाडौं, २५ असार। आनन्दराज जोशीको संयोजकत्वमा स्वतन्त्र युबा समुहले बल्खु चोकमा सरसफाइ गरेका छन् । सरसफाइसँगै उनीहरुले चोकमा कुहिने र नकुहिने फोहोर छुट्याउनको लागि डस्बिन पनि राखेका छन् ।
आफूहरुले निस्वार्थरुपमा उपत्यकाको सरसफाइ गर्ने बताउँदै संयोजक जोशीले अर्को हप्ता कंलकी क्षेत्रमा सरसफाइ गरिने बताए । उनीहरुले उपत्यकाको विभिन्न ठाउँहरुमा सरसफाइका कामहरु गर्दै आएका छन् ।


