• ट्रेण्डिङ्ग :
एमाले अध्यक्ष ओली र सीपीसीका नेता जियानचाओबीच भेटवार्ता

एमाले अध्यक्ष ओली र सीपीसीका नेता जियानचाओबीच भेटवार्ता


  • 5.7K
    SHARES
    • आषाढ २८, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 8.7K Views

    एमाले अध्यक्ष ओली र सीपीसीका नेता जियानचाओबीच भेटवार्ता

    काठमाडौं, २८ असार। नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियानचाओ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

    images

    भेटघाटका लागि जियानचाओ नेतृत्वको प्रतिनिधिमण्डल बालकोटस्थित ओली निवास पुगेको थियो । भेटमा दुई देशबीचको सम्बन्ध र आपसी हितका विषयमा छलफल भएको ओलीको सचिवालयले जनाएको छ ।

    नेपालको चार दिने भ्रमणका लागि जियानचाओ आइतबार काठमाडौं आएका थिए । काठमाडौं आएकै दिन प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा। नारायण खड्कासँग भेटवार्ता गरेका उनले सोमबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटघाट गरी चिनियाँ टोली बुधबार स्वदेश फर्किने छ ।

    RS_KTM_CHINISEIKPOLI.jpg

  • सम्बन्धित विषय:

  • # एमाले

  • तेस्रो आँखा
    लेखकबाट थप