काठमाडौं, २९ असार। नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा आज घरेलु टोली स्कटल्यान्डसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ३:१५ मा टिटवुड ग्लासगोमा सुरु हुनेछ ।
स्कटल्यान्ड लगातार दोस्रो जितको सोचमा छ । नेपाल पहिलो जितको सोचमा हुनेछ । नेपाल पहिलो खेलमा ४० रनले पराजित भएको थियो । नामिबिया पहिलो खेलमा स्कटल्यान्डसँग ७७ रनले पराजित भएको थियो । विश्वकप लिग २ मा स्कटल्यान्ड तुलनात्मक रुपमा सबैभन्दा बलियो टोली मानिन्छ । यस लिग २ मा सबैभन्दा कम हार्ने टोली पनि स्कटल्यान्ड नै हो । उसले जम्मा ५ खेल मात्र हारेको छ । घरेलु मैदान र वातावरणको फाइदा उठाउँदै स्कटल्यान्ड नेपालमाथि सहज जित निकाल्न चाहन्छ ।
ओडिआईमा नेपाल र स्कटल्यान्डबीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो । अंक तालिकामा नेपाल १७ खेलमा ७ मा जित र ९ मा हार सहित १५ अंकका साथ छैटौं स्थानमा छ । स्कटल्यान्ड २१ खेलमा १४ मा जित र ५ मा हारका साथ ३० अंक जोड्दै दोस्रो स्थानमा छ ।
नेपालको टोली:
सन्दीप लामिछाने (कप्तान), रोहित पौडेल (उपकप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, करण केसी, सोमपाल कामी, आदिल अन्सारी, बसिर अहमद, किशोर महतो, पवन सरार्फ र विनोद भण्डारी (विकेटकिपर) ।
स्कटल्यान्ड भ्रमणमा नेपालको खेल तालिका
असार २९ ९ जुलाई १३० – स्कटल्यान्डविरुद्ध नेपाल
असार ३२ ९ जुलाई १६० – नेपालविरुद्ध नामिबिया
साउन १ ९ जुलाई १७० – नेपालविरुद्ध स्कटल्यान्ड
अंक तालिका
ओमान ३६ खेलमा २१ मा जित र १३ मा हारका साथ ४४ अंक जोड्दै शीर्षस्थानमा छ । स्कटल्यान्ड २१ खेलमा १४ मा जित र ५ मा हारका साथ ३० अंक जोड्दै दोस्रो स्थानमा छ । युएई २२ खेलमा १२ मा जित र ८ मा हारसहित २६ अंकका साथ तेस्रो स्थानमा छ ।
अमेरिका २४ खेलमा ११ मा जित र १२ मा हारका साथ २२ अंक जोड्दै चौथो स्थानमा छ । नामिबिया १६ खेलमा ८ मा जित र ८ मा हार सहित १६ अंकका साथ पाँचौं स्थानमा उक्लिएको छ । नेपाल १७ खेलमा ७ मा जित र ९ मा हारका साथ १५ अंक जोड्दै छैटौं स्थानमा पुगेको छ । पपुवा न्युगिनी २० खेलमा १ मा जित र १९ मा हारका साथ पुछारमा छ ।
