• ट्रेण्डिङ्ग :
क्यानडामा ४७७ जनामा मङ्कीपक्स सङ्क्रमण

क्यानडामा ४७७ जनामा मङ्कीपक्स सङ्क्रमण


  • 5.8K
    SHARES
    • आषाढ ३०, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 8.9K Views

    क्यानडामा ४७७ जनामा मङ्कीपक्स सङ्क्रमण

    ओटावा (क्यानडा), ३० असार। क्यानाडाको जनस्वास्थ्य एजेन्सीले बुधवारसम्म देशमा कुल ४७७ जना मङ्कीपक्स सङ्क्रमण भएको पुष्टि गरेको छ।

    images

    एजेन्सीका अनुसार क्युबेकमा  २८४, ओन्टारियोमा १५६, ब्रिटिश कोलम्बियामा २९ र अल्बर्टाका आठ जनामा सङ्क्रमण पुष्टि भएको छ । राष्ट्रिय माइक्रोबायोलोजी प्रयोगशालाले मङ्कीपक्स निम्त्याउने भाइरसको निदानात्मक परीक्षण गरिरहेको बताएको  छ।

    मङ्कीपक्सले व्यापक सङ्क्रमण निम्त्याउन सक्ने र यो रोग सामान्यतया मध्य र पश्चिम अफ्रिकाको जङ्गली भागहरूमा बढ्ता पाइएको  बताइएको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार मङ्कीपक्स अर्थोपक्स भाइरस परिवारसँग सम्बन्धित छ । 


    तेस्रो आँखा
    लेखकबाट थप