• ट्रेण्डिङ्ग :
विभिन्न देशमा पठाइदिन्छु भनी ठगी गर्ने तामाङ  पक्राउ

विभिन्न देशमा पठाइदिन्छु भनी ठगी गर्ने तामाङ  पक्राउ


  • 4.1K
    SHARES
    • आषाढ ३०, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 6.3K Views

    विभिन्न देशमा पठाइदिन्छु भनी ठगी गर्ने तामाङ  पक्राउ

    काठमाडौं, ३० असार। नेपाल प्रहरीले वैदेशिक रोजगार कसुर मुद्दामा फरार एकजनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धन ब्यूरो (सिआईबी)ले विसं २०७४ मा एक पीडितलाई विभिन्न प्रलोभना पारेर इजरायल, जापानलगायत मुलुक पठाउने बहानामा ठगी गरेका चितवन कालिका नगरपालिका–८ का ४६ वर्षीय श्रीकृष्ण घिसिङ तामाङलाई आज कलङ्कीबाट पक्राउ गरेको हो ।

    images

    ब्यूरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक श्यामकुमार महतोले पीडितलाई राम्रो पारिश्रमिक र आकर्षक रोजगारी हुने आश्वासन देखाएर उनले रु छ लाख ठगी गरेकाले सर्वोच्च अदालतको आदेशअनुसार पक्राउ गरिएको जानकारी दिए।पक्राउ परेका तामाङलाई उक्त अदालतले वैदेशिक रोजगार कसूरमा छ वर्ष कैद र रु छ लाख जरिवना ठहर गरेकामा  फैसला कार्यान्वयनका लागि आजै जिल्ला अदालत काठमाडौं पेश गरिएको उनले बताए । 


    तेस्रो आँखा
    लेखकबाट थप