• ट्रेण्डिङ्ग :
मोरङ कारागारका १६ कैदी बन्दी लाई कोरोना पोजिटिभ 

मोरङ कारागारका १६ कैदी बन्दी लाई कोरोना पोजिटिभ 


  • 6.6K
    SHARES
    • आषाढ ३१, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 10.1K Views

    मोरङ कारागारका १६ कैदी बन्दी लाई कोरोना पोजिटिभ 

    विराटनगर,३१ असार । ज्वरोको प्रकोप देखिएको जिल्ला कारागार मोरङमा कोरोना भाइरसको संक्रमण फैलिएको पुष्टि भएको छ। अत्यधिक ज्वरो आएर उपचारका लागि भर्ना गरिएका १८ जना मध्य १६  कैदी बन्दीहरुमा कोरोना पोजेटिभ देखिएको हो । उनीहरुलाई शुक्रबार विहान एन्टिजेन परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएको हो कोसी अञ्चल अस्पतालले पुष्टि गरेको छ । अस्पतालमा उपचाररत रहेकाको उनीहरुको आज बिहान एन्टिजेन परीक्षण गरिएको थियो। 

    images

    अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. यज्ञराज खरेलले अत्यधिक ज्वरो आएर उपचाररत रहेका कैदी बन्दीको एन्टिजेन परीक्षण रिपोर्ट पोजिटिभ आएको जानकारी दिए। एन्टिजेन रिपोर्ट पोजिटिभ आएको र थप यकिन गर्नलाई पीसीआर परीक्षणको तयारी भइरहेको उनले बताए। डा.खरेलका अनुसार अत्यधिक ज्वरो आएपछि १८ जना कैदी बन्दीलाई बिहीबार उपचारका लागि अस्पताल भर्ना गरिएको थियो। 

    ु१८ जनामध्ये १६ जनाको एन्टिजेन पोजिटिभ आएको र २ जनाको नेगेटिभ आएको  उनले जानकारी दिए । सबै बिरामीलाई थप उपचारका लागि तत्काल कोसी कोभिड अस्पताल रेफर गरिएको छ । थप पुष्टिका लागि सबैको पीसीआर परीक्षणको तयारी भइरहेको अस्पताल श्रोतले बतायो ।संक्रमितको उपचारमा पनि कोसी अस्पतालकै जनशक्ति परिचालन गरिने बताइएको छ ।  प्रदेश सरकार र स्थानीय प्रशासनसँग समन्वय गरेर संक्रमितको उपचारलाई प्रभावकारी र व्यवस्थित बनाइने अस्पतालले जनाएको छ । 


    तेस्रो आँखा
    लेखकबाट थप