• ट्रेण्डिङ्ग :
लागुऔषधसहित भारतीय नागरिक पक्राउ

लागुऔषधसहित भारतीय नागरिक पक्राउ


  • 5.4K
    SHARES
    • श्रावण २, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 8.3K Views

    लागुऔषधसहित भारतीय नागरिक पक्राउ

    काठमाडौं, २ साउन। नेपाल प्रहरीले लागुऔषधसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले महोत्तरीको गौशालाबाट काठमाडौं आउँदै गरेको बा४ख ५१४४ नम्बरको यात्रुबाहक बसमा सवार भारत विहारका १८ वर्षीय विवेक कुमारलाई आइतबार पक्राउ गरेको हो ।

    images

    जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले लागुऔषध झोलामा लुकाएर ल्याएको अवस्थामा नागढुङ्गामा जाँचका क्रममा लागुऔषधसहित कुमारलाई पक्राउ गरिएको जानकारी दिए । 

    प्रहरी पक्राउ परेका भारतीय नागरिकसँग ७०० एम्पुल डाइजेपाम, ७०० एम्पुल फेनार्गन, ७०० एम्पुल नुर्फिन र भारतीय आधार कार्ड बरामद गरेको छ ।  पक्राउ परेका कुमारलाई लागुऔषध नियन्त्रण २०३३ को कसुरमा जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता मैनालीले बताए।


    तेस्रो आँखा
    लेखकबाट थप