• ट्रेण्डिङ्ग :
एसियन कप-२०२३ को आयोजना गर्न चार राष्ट्रद्वरा इच्छा व्यक्त

एसियन कप-२०२३ को आयोजना गर्न चार राष्ट्रद्वरा इच्छा व्यक्त


  • 5.3K
    SHARES
    • श्रावण २, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 8.2K Views

    एसियन कप-२०२३ को आयोजना गर्न चार राष्ट्रद्वरा इच्छा व्यक्त

    काठमाडौं, २ साउन। एएफसी एसियन कप २०२३ को आयोजनाका लागि चार राष्ट्रले इच्छा देखाएको एसियाली फुटबल महासंघ (एएफसी) ले जनाएको छ ।

    images

    एएफसीका अनुसार अष्ट्रेलिया, इन्डोनेसिया, दक्षिण कोरिया र कतारले एसियन कप आयोजना गर्न इच्छा देखाएका छन् । यसअघि चीनले आयोजना गर्ने भनिएकोमा कोभिड-१९ को असरका कारण चीनले आयोजकबाट नाम फिर्ता लिएपछि एएफसी नयाँ आयोजक राष्ट्रको खोजीमा छ ।

    यसका लागि एएफसीका सदस्यले आयोजनाको लागि इच्छा देखाउन एएफसीले मे ३१ सम्मको समय दिएको थियो । पछि सदस्य राष्ट्रको आग्रहमा एएफसीले उक्त समय बढाएर जुलाई १५ सम्म पुर्‍याएको थियो । दिएका समयमा चार राष्ट्रले इच्छा देखाएका हुन् । एसियन कप आयोजनाको बिड गर्नका लागि एएफसीले बिडिङको नियम पठाइसकेको छ ।

    अब यी चार राष्ट्रले आगामी अगष्ट ३१ सम्म बिडिङ डकुमेन्टसहित आफ्नो दाबेदारी पेश गर्नुपर्नेछ । उक्त दाबीमाथि एएफसी प्रशासनले मुल्यांकन गरेर अक्टोबर १७ मा आयोजक छान्ने जनाएको छ ।


    तेस्रो आँखा
    लेखकबाट थप