• ट्रेण्डिङ्ग :
कर कार्यालयका कर्मचारी भनेर रकम सङ्कलन गर्ने दुई जना पक्राउ

कर कार्यालयका कर्मचारी भनेर रकम सङ्कलन गर्ने दुई जना पक्राउ


  • 5.9K
    SHARES
    • श्रावण ३, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 9.0K Views

    कर कार्यालयका कर्मचारी भनेर रकम सङ्कलन गर्ने दुई जना पक्राउ

    काठमाडाैं,३ साउन । उत्तरी धादिङको गङ्गाजमुना गाउँपालिकाका व्यापारीसँग कर कार्यालयका कर्मचारी भनेर रकम सङ्कलन गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । कर कार्यालयका कर्मचारी बताउँदै कर सङ्कलन गर्न गाउँ आएको बताउने दुई जनालाई कर रकम सङ्कलन गरिरहेको अवस्थामा सोमबार पक्राउ गरिएको हो ।

    images

    पक्राउ पर्नेमा देव अधिकारी र मैना सापकोटा रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । उनीहरुले गाउँकै एक जना पार्टीका नेताले बोलाएर व्यापारीसँग कर उठाएर लगी कर तिरिदिन भनेर गाउँ आएको र वार्षिकरूपमा कर तिरिदिनका लागि पसलेसँग रकम उठाएको बताएका छन् ।    

    रकम लिएपछि उनीहरुले ओम शिव शक्ति सेल्स सेन्टरको नगदी रसिद दिएका थिए । करदाता सेवा कार्यालय गल्छीका कार्यालय प्रमुख प्रेम श्रेष्ठले कार्यालयले बजारमा आफैँले नगद नउठाउने र कारोबारको विवरणअनुसार बैंकमार्फत मात्र कर लिने गरेकाले त्यसरी कर उठाउनेलाई कारबाही हुनुपर्ने बताए । प्रहरीले पक्राउ गरेपछि मात्र आरोपितले पसलेलाई कर तिर्न जान टाढा हुने भएकाले आफूहरूले साना व्यापारीसँग कर सङ्कलन गरी लगेर कर तिरिदिने उद्देश्यले रकम लिएको बताएका छन् । 


    तेस्रो आँखा
    लेखकबाट थप