• ट्रेण्डिङ्ग :
अपहरणमा परेकी बालिकाको भारतबाट उद्धार

अपहरणमा परेकी बालिकाको भारतबाट उद्धार


  • 5.3K
    SHARES
    • श्रावण ४, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 8.1K Views

    अपहरणमा परेकी बालिकाको भारतबाट उद्धार

    विराटनगर ।  गत साउन २ गते अपहरणमा परेकी मोरङको बुढीगंगा गाउँपालिका –१ का दीपेन्द्र यादवको एक वर्षीया छोरीलाई प्रहरीले भारतबाट उद्धार गरेको छ ।   मोरङ प्रहरीबाट खटिएको प्रहरीले भारतको दरभङ्वाबाट उद्धार गरेर बुधवार  बिहान विराटनगर ल्याएको हो ।

    images

    बच्चालाई अपरहण गर्ने अञ्जली साहलाई समेत  प्रहरीले नियन्त्रणमा लिएको छ ।  उनले भारतको दरभङ्वामा आफन्तको घरमा बच्चालाई राखेकी थिइन् ।  प्रहरीले दरभङ्वाबाट बालिकालाई सकुशल उद्धार गरेर ल्याएको मोरङ प्रहरीका डिएसपी राजन कार्कीले जानकारी दिए ।

    ‘के कारण बच्चालाई अपहरण गरेको हो भन्ने नखुलेको बताइएको छ । अहिले बच्चालाई र लैजानेलाई नियन्त्रणमा लिएका अनुसन्धान भइरहेको डिएसपी कार्कीले बताए ।  अहिले प्रहरी अनुसन्धानको क्रममा रहेका कारण थप अनुसन्धानपछि बच्चा लैजानुको कारण खुल्ने बताइएको छ ।

    साउन २ गते सोमवार अञ्जलीले रोडशेष चौकबाट प्रेमी दीपेन्द्रलाई झुक्याएर बालिकालाई लिएर फरार भएकी थिइन् ।  बच्चालाई लिएर जाने अञ्जली दीपेन्द्रको प्रेमिका रहेको खुलेको  छ ।

  • सम्बन्धित विषय:

  • # उद्धार

  • तेस्रो आँखा