• ट्रेण्डिङ्ग :
लहानका उपमेयर बिरुद्ध जर्वजस्ती करणीको उजुरी 

लहानका उपमेयर बिरुद्ध जर्वजस्ती करणीको उजुरी 


  • 4.9K
    SHARES
    • श्रावण ६, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 7.5K Views

    लहानका उपमेयर बिरुद्ध जर्वजस्ती करणीको उजुरी 
    सिरहा, ६ साउन। लहान नगरपालिकाका उपमेयर राम चालितर महतोविरुद्ध जबरजस्ती करणी उद्योगको उजुरी प्रहरीमा परेको छ ।

    जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी सुवास बुढाथोकीका अनुसार दुई महिना अघि भएको घटनाको बिषयलाई लिएर उपमेयर महतो बिरुद्ध उजुरी परेको हो । उनका अनुसार अदालतबाट पक्राउ पूर्जी प्राप्त हुनासाथ आरोपीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिनेछ ।

    images

    उपमेयर महतोले जागिर लगाइदिने भनेर स्थानीय एक महिलालाई आफ्नै कार्यकक्षमा लगेर जबरजस्ती करणी गर्न खोजेको किटानी जाहेरीमा उल्लेख गरिएको छ । कम्प्युटर अपरेटर पदमा जागिरका लागि निवेदन दिएकी महिलालाई दुर्व्यवहार गरेको आरोप उनीमाथि छ ।

    गत जेठ महिनाको घटनालाई लिएर दुई दिन अगाडि मात्र दर्ता भएको हो । 

  • सम्बन्धित विषय:

  • # राम चालितर महतो

  • तेस्रो आँखा