काठमाडौं, ६ साउन। सरकारले नेपाल नागरिकता सम्बन्धी विधेयक दफाबार छलफलका लागि सदनमा प्रस्ततु गरेको छ । सरकारको तर्फबाट गृहमन्त्री बालकृष्ण खाणले संसद बैठकमा प्रस्ततु गरेका हुन् ।
गृहमन्त्री खाणले दफाबार छलफलका लागि विधेयक प्रस्तुत गरेसँगै दफाबार छलफल प्रक्रिया अघि बढेको छ । एकल तथा संयुक्त संशोधन पेश भएको छ । दुर्गा पौडेलले पेश गरेको संशोधन प्रस्तावमा आफ्नो धारणा राख्न सुरु गरेकी छन् ।
