• ट्रेण्डिङ्ग :
राष्ट्रिय महिला फुटबल टिमको प्रमुख प्रशिक्षकमा कुमार थापा

राष्ट्रिय महिला फुटबल टिमको प्रमुख प्रशिक्षकमा कुमार थापा


  • 5.2K
    SHARES
    • श्रावण ६, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 7.9K Views

    राष्ट्रिय महिला फुटबल टिमको प्रमुख प्रशिक्षकमा कुमार थापा

    काठमाडौं, ६ साउन। अखिल नेपाल फुटबल संघ एन्फाले राष्ट्रिय महिला फुटबल टिमको प्रमुख प्रशिक्षकमा कुमार थापालाई नियुक्त गरेको छ ।

    images

    उनले २१ भदौदेखि नेपालमा आयोजना हुन लागेको छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप लागि टोलीलाई प्रशिक्षण दिने छन् । एपीएफ क्लबका प्रशिक्षक थापाले दोस्रो पटक महिला टोलीको प्रशिक्षण सम्हाल्न लागेका हुन् । यसअघि उनले २०७३ पनि महिला साफको लागि प्रशिक्षण दिएका थिए ।

    एन्फाले पूर्व महिला विभाग प्रमुख विन्द्रा देवानलाई म्यानेजरको रुपमा नियुक्त गरेको छ । एन्फाले साफ च्याम्पियनसिप आयोजनाका लागि समिति पनि गठन गरेको छ । जस अनुसार प्रतियोगिताको भेन्यु म्यानेजरको रुपमा रविन्द्र चन्द, व्यवस्थापकमा विजय घले तथा सुरक्षा प्रमुखमा दिनेश व्यञ्जनकार नियुक्त भएका छन् । एन्फाले सञ्जिव शिल्पकारलाई मार्केटिङ तथा मिडिया संयोजक बनाएको छ ।


    तेस्रो आँखा
    लेखकबाट थप