चितवन, ७ साउन । चितवनको इच्छा कामना गाउँपालिका ५ मा रहेको खहरे खोलामा पहिरो आएर नारायणगढ मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शनिबार बिहान ढुंगा र माटोसहितको पहिरो आउँदा सडक अवरुद्ध भएको हो ।
सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । सडक अवरुद्ध भएपछि सवारीसाधनको जाम पनि बढ्न थालेको छ ।
