तीन वर्षीया बालिकालाई बलात्कारपश्चात भीरबाट खसालेर हत्याकाे प्रयास

तीन वर्षीया बालिकालाई बलात्कारपश्चात भीरबाट खसालेर हत्याकाे प्रयास


  • 6.0K
    SHARES
    • श्रावण ८, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 9.2K Views

    तीन वर्षीया बालिकालाई  बलात्कारपश्चात भीरबाट खसालेर हत्याकाे प्रयास

    दाङ, ८ साउन। दाङमा तीन वर्षीया बालिका बलात्कार गरी हत्या प्रयास भएको छ । बबई गाउँपालिका-५ की ३ वर्षीया बालिकालाई सोही ठाउँका १४ वर्षीय किशोरले शनिबार बेलुकी बलात्कारपश्चात भीरबाट खसालेर हत्या प्रयास गरेको प्रहरीले जनाएको छ ।

    images

    बालिकाको सुनको मुन्द्रा लुटेर भीरबाट करिब ५० मिटर तल खसालिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी श्यामु अर्यालले जानकारी दिए ।

    उनका अनुसार बालिकाका परिवारले साँझ ७ बजे प्रहरीलाई खबर गरेका थिए । दिउँसो २ बजेदेखि नै ती बालिका किशोरको साथमा थिइन् । प्रहरी घटनास्थल पुग्दा बालिकालाई पानी प्यासले रोइरहेको अवस्थामा भेटेको अर्यालले बताए ।

    बालिकालाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ । बलात्कारमा संलग्न किशोर प्रहरी हिरासतमा छन् । ती किशोर यसअघि पनि चोरीका घटनामा संलग्न रहँदै आएको प्रहरीको भनाइ छ ।

  • सम्बन्धित विषय:

  • # बलात्कार

  • तेस्रो आँखा
    लेखकबाट थप