काठमाडौँ, कात्तिक १७ । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि युरोपेली सङ्घ (ईयू) का नवनियुक्त राजदूत चार्ल्स ह्वाइटलीले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटमा मन्त्री खनालले राजदूत ह्वाइटलीलाई नियुक्तिका लागि बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो ।
भेटका क्रममा नेपाल र ईयूबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने तथा आगामी दिनमा पारस्परिक सहयोग र सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
उहाँहरूबीच आपसी हितका विविध विषयमा समेत विचार आदानप्रदान भएको थियो ।
