करदाता प्रोत्साहन कार्यक्रमः १६ विजेता घोषणा

करदाता प्रोत्साहन कार्यक्रमः १६ विजेता घोषणा


  • 1.0K
    SHARES
    • कार्तिक १७, २०८३ सोमबार
    • १६ घण्टा अघि
    • 1.6K Views

    करदाता प्रोत्साहन कार्यक्रमः १६ विजेता घोषणा

    काठमाडौँ, कात्तिक १६ । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत कात्तिक १ देखि १५ गतेसम्मका १६ जना विजेता घोषणा गरेको छ ।

    images

    विभागले आज आयोजित कार्यक्रममा एक जना बम्पर उपहार विजेता र १५ जना अन्य विजेताको नाम सार्वजनिक गरेको हो । विभागका अनुसार बम्पर उपहारअन्तर्गत १० लाख रुपियाँ प्राप्त गर्ने विजेताका रूपमा कुपन नम्बर ०९८०४६५५८१७५ छनोट भएको छ ।

    त्यसैगरी, अन्य १५ जना विजेताले जनही एक लाख ३३ हजार ३३४ रुपियाँ प्राप्त गर्ने विभागले जनाएको छ ।

    कार्यक्रममा क्रिकेटर दिलीप नाथ, लोकेश बम र ललित राजवंशीले संयुक्त रूपमा पुरस्कार विजेताको नाम घोषणा गर्नुभएको थियो ।


    तेस्रो आँखा