भक्तपुरमा रुख ढलेर बसलाई किच्दा १६ जना घाइते, ६ जनाको अवस्था गम्भीर

भक्तपुरमा रुख ढलेर बसलाई किच्दा १६ जना घाइते, ६ जनाको अवस्था गम्भीर


  • 6.7K
    SHARES
    • श्रावण ८, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 10.4K Views

    भक्तपुरमा रुख ढलेर बसलाई किच्दा १६ जना घाइते, ६ जनाको अवस्था गम्भीर

    भक्तपुर, ८ साउन। भक्तपुरमा रुख ढलेर बसलाई किच्दा १६ जना घाइते भएका छन् । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको भक्तपुरका प्रहरी प्रमुख शिवकुमार श्रेष्ठले जानकारी दिए ।

    images

    सल्लाघारी चोङा गणेशमा वनको रुख सडकमा ढल्दा ठिमीबाट भक्तपुर दुधपाटीतर्फ जाँदै गरेको बा २ ख ३५८४ नम्बरको बस र भक्तपुर दूधपाटीबाट सल्लाघारीतर्फ जाँदै गरेको बा ६१ प ३९७८ नम्बरको स्कुटरलाई किचेको थियो ।

    घाइतेहरुको इवामुरा अस्पताल, भक्तपुर अन्तर्राष्ट्रिय अस्पताल र मध्यपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

  • सम्बन्धित विषय:

  • # दुर्घटना

  • तेस्रो आँखा
    लेखकबाट थप