काठमाडौं, २२ मंसिर। नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले महाधिवेशन प्रतिनिधिकालागि ६ बुँदे आचारसंहित जारी गरेको छ । मतदानस्थलभित्र प्रवेश गर्न प्रतिनिधिलाई मोबाइल निषेध गरिएको छ । नेपाली कांग्रेसले पार्टीको १४ औं महाधिवेशनका लागि ६ बुँदे आचारसंहिता जारी गर्दै त्यस्तो निर्णय गरेको हो ।
समितिले उम्मेदवार रहने केन्द्रीय समितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा महाधिवेशन प्रतिनिधि, पार्टीका शुभेच्छुक समर्थककालागि सो आचारसंहिता जारी गरेको लागु हुने छ । त्यस्तै, भृकुटीमण्डपस्थित महाधिवेशनस्थल अरपर ५०० मिटर क्षेत्रभित्र निर्वाचनसँग सम्बन्धित कुनै पनि प्रकारको प्रचार सामग्री राख्न नपाइने भएको छ ।
उम्मेदवारीको प्रचार—प्रसार गर्दा भिजिटिङ कार्ड र सामान्य अपील विवरणमा गर्न सकिनेछ आचार संहितामा उल्लेख गरिएको छ । आचार संहिताअनुसार कसैको व्यक्तिगत चरित्रमा लान्छना लाग्ने गरी प्रचार—प्रसार गर्न पाइने छैन । कांग्रेसको १४ औं महाधिवेशन शुक्रबार उद्घाटन हुने छ ।

