• ट्रेण्डिङ्ग :
मोटरसाइकल चोरी गर्ने  पक्राउ

मोटरसाइकल चोरी गर्ने  पक्राउ


  • 7.9K
    SHARES
    • श्रावण १०, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 12.1K Views

    मोटरसाइकल चोरी गर्ने  पक्राउ

    काठमाडौं १० साउन । नेपाल प्रहरीले मोटरसाइकल चोरी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

    images

    काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट सादा पोशाकमा खटिएको ट्राफिक प्रहरी टोलीले हराएको मोटरसाइकलको वास्तविक नम्बर प्लेट परिवर्तन गरी चलाउने सिन्धुपाल्चोक पाँचपोखरीका २६ वर्षीय सन्तोष बन्जारालाई सोमबार पक्राउ गरेको हो ।

    उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले वास्तविक नम्बर बा८३प ९२८१ नंको मोटरसाइकल चोरेर नम्बर परिवर्तन गरी बा८४प ६९०७ बनाएर चलाएकाले बन्जारालाई पक्राउ गरिएको जानकारी दिए ।

    उक्त मोटरसाइकल काठमाडौँको रामहिटीस्थित एक घरबाट हराएको अनुसन्धानमा खुल्न आएको छ । पक्राउ गरिएको व्यक्तिसहित उक्त मोटरसाइकललाई चोरी मुद्दा अनुसन्धान तथा कारबाहीका लागी प्रहरी बृत्त बौद्ध पठाइएको प्रवक्ता भट्टले बताए ।

  • सम्बन्धित विषय:

  • # माेटरसाइकल

  • तेस्रो आँखा