राप्रपा पहिलो बैठक
नेताहरुको असन्तुष्टि बढ्दो/निर्मल निवासको भूमिकाबारे छानविनको माग   

नेताहरुको असन्तुष्टि बढ्दो/निर्मल निवासको भूमिकाबारे छानविनको माग   


  • 6.5K
    SHARES
    • मंसिर २२, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 10.1K Views

    नेताहरुको असन्तुष्टि बढ्दो/निर्मल निवासको भूमिकाबारे छानविनको माग   


    काठमाडौं, २२ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को पहिलो बैठकमा नयाँ नेतृत्व चयनमा पूर्वराजाको भूमिकाबारे छानबिन गर्न माग गरेका छन् । एकता महाधिवेशनबाट आएको नयाँ कार्यसमितिको पहिलो बैठकमा केन्द्रीय सदस्यहरु राजाराम बर्तौला, केदार कोइराला, विजय खड्का, शशी सिलवाल, रीता माझी, राधेश्याम शाह, जमुना थापा र दीपक मल्लले निर्मल निवासको संलग्नताबारे छानबिन गर्न माग गरेका थिए । 

    images

    पार्टी कार्यालय धुम्बाराईमा बसेको बैठकले समान विचार राख्ने व्यक्ति, समूह, पार्टी र धार्मिक क्षेत्रसँग एकता र सहकार्यका लागि वार्ता समिति गठन गरेको छ । राप्रपाको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठकले महामन्त्री धवलशमशेर राणाको संयोजकत्वमा ऋषिबाबु परियार, दिल विकास राजभण्डारी, पुष्पराज पुरुष सदस्य रहेको वार्ता समिति गठन गरेको   हो ।

    बैठकले आगामी स्थानीय तहको निर्वाचन परिचालनका लागि महामन्त्री भुवन पाठकको संयोजकत्वमा भक्तिप्रसाद सिटौला, रमानन्द न्यौपाने, भरतजंग उप्रेती र प्रा. डा. गीताभक्त जोशी सदस्य सचिव रहेको समिति गठन गरेको छ ।

    नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूको मर्यादाक्रम निर्धारण गर्न उपाध्यक्ष ध्रुबबहादुर प्रधानको संयोजकत्वमा केन्द्रीय सदस्य डा. राजेश गिरी र केन्द्रीय सदस्य भरत पाठक सदस्य रहेको मर्यादाक्रम निर्धारण समिति पनि गठन गरेको महामन्त्री धवलशम्शेर राणाले जानकारी दिए ।

    यस्तै पार्टीका नवनिर्वाचित सबै पदाधिकारी एवं सदस्यहरूले पार्टीमा अनिवार्य बुझाउनु पर्ने रकम लेवीको निर्धारण गर्न महामन्त्री कुन्तीकुमारी शाही संयोजक रहेको समिति गठन गरेको छ । राप्रपाले पार्टीका सबै भातृ संगठनहरूलाई तीन महिना भित्रमा अनिवार्य महाधिवेशन गर्ने कार्ययोजना र कार्यतालिका १५ दिनभित्र पेश गर्न निर्देशन दिएको छ । त्यस्तै पुस महिनाभित्र सबै प्रदेश कार्यसमितिहरुलाई विस्तारित बैठक बोलाउन समेत राप्रपाले निर्देशन दिएको छ ।

     

  • सम्बन्धित विषय:

  • # राप्रपा

  • तेस्रो आँखा