काठमाडौं,२२ मंसिर । आसन्न १४ औं महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका नेता जीवन परियारले प्रचार—प्रसारलाई तीव्र बनाएका छन् । काठमाडौंमा अनामनगरमा सम्पर्क कार्यालय सञ्चालनमा ल्याएका नेता परियारले आफ्नो प्रचार—प्रसारलाई तिव्र पारेका हुन ।
संस्थापनइतरका नेता परियारले साझा नेतृत्वको विकल्प नभएको बताएका छन् । शीर्ष नेताहरु मिल्नुको विकल्प नभएको भन्दै कांग्रेसलाई मजदुत बनाउन साझा उम्मेदवार अपरिहार्य रहेको बताए । केन्द्रीय सदस्य समेत रहेका परियार आसन्न १४ औं महाधिवेशनलाई भव्य र सभ्य बनाउन लागि पर्ने बताए ।
आफ्नो उम्मेदारी यो गुटबाट त्यो गुटबाट भन्दापनि सिंगो दलित समुदायलाई राजनीतिक पहुँचमा पुर्याउनु रहेको बताए । तेस्रो आँखासँग कुरा गर्दै नेता परियारले कांग्रेसले आसन्न १४ औं महाधिवेशनबाट पार्टीलाई थप समावेशी बनाउदै लगेकाले सबैको अधिकार स्थापित हुनेमा विश्वास व्यक्त गरे ।
परियारले अहिले संस्थापनइतर पक्षबाट महाधिवेशनमा आकांक्षी दलित समुदायका नेताहरुको व्यवस्थापनमा खटिएको बताए । आकांक्षी धेरै भएकाले व्यवस्थापनको जिम्मेवारी अनुरुप अघि बढेको उनको भनाई थियो ।
