एमाले अध्यक्ष ओली झापा जाँदै, दुई दिन कार्यकर्तासँग भेटघाट गर्ने

एमाले अध्यक्ष ओली झापा जाँदै, दुई दिन कार्यकर्तासँग भेटघाट गर्ने


  • 10.1K
    SHARES
    • श्रावण ११, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 15.5K Views

    एमाले अध्यक्ष ओली झापा जाँदै, दुई दिन कार्यकर्तासँग भेटघाट गर्ने

    काठमाडौं, ११ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तीन दिनका लागि आज गृह जिल्ला झापा जाने भएका छन ।

    images

    दुई दिनसम्म झापा बस्ने अध्यक्ष ओलीले संघीय निर्वाचनको तयारीलगायतका विषयमा स्थानीय कार्यकर्तासँग छलफल र राय लिने कार्यक्रम तय भएको छ । 

    सो क्रममा आज विर्तामोडमा आयोजना हुने नेपाल उत्पीडित जातीय मुक्ति समाजको कार्यक्रममा सहभागी हुने अध्यक्ष ओलीले त्यसपछि पार्टीका जनवर्गीय संगठनका पदाधिकारी नेतासँग अलग अलग भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।

    १२ गते दमकमा ओलीले आफना नेता तथा कार्यकर्तालाई भेटघाट गरीसके पछि काठमाडौं फर्कने कार्यक्रम तय गरिएको ओलीका सांसद प्रतिनिधि होमबहादुर थापाले जानकारी दिए । 

  • सम्बन्धित विषय:

  • # एमाले
  • # ओली

  • तेस्रो आँखा