• ट्रेण्डिङ्ग :
सोलुखुम्बुमा बेवारीसे शव, झापामा कुलोमा डुवेर बालकको मृत्यु

सोलुखुम्बुमा बेवारीसे शव, झापामा कुलोमा डुवेर बालकको मृत्यु


  • 7.6K
    SHARES
    • श्रावण ११, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 11.7K Views

    सोलुखुम्बुमा बेवारीसे शव, झापामा कुलोमा डुवेर बालकको मृत्यु

    सोलुखुम्बु ११ साउन । सोलुखुम्बुको अप्पर सोलु हाइड्रोपावरको हेडबक्स नजिकैको सोलुखोलामा बेवारिसे शव भेटिएको छ । सोलुदुधकुण्ड नगरपालिका ६ छुल्यामु स्थित सोलुखोलामा महिलाको जस्तो देखिने शव बुधबार विहान फेला परेकोे जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

    images

    हाइड्रोपावरका प्राविधिकले खोलामा सडिन लागेको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शवको उद्धारका लागि जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट प्रहरी निरीक्षक राम किशोर शाहसहितको टोली घटनास्थल पुगेको छ ।

    यद्यपी शव सड्न लागेकाले पहिचानमा समस्या भएको अस्थायी प्रहरी चौकी दोर्पुका इन्चार्ज प्रहरी सहायक निरीक्षक श्याम नारायण यादवले बताए ।

    उक्त शव झण्डै एक महिना अघि सोलुदुधकुण्ड नगरपालिका ४ बाट बेपत्ता भएका रङ्गे विश्वकर्माका श्रीमती शषीकला राईको हुन सक्ने प्रहरीको अनुमान छ ।

     यसैगरी झापाको झापाको बुद्धशान्ति गाउँपालिका–६ मा पौडी खेल्ने क्रममा एक बालकको डुबेर मृत्यु भएको छ ।

    बुद्धशान्ति–४ का चन्द्र मावोको १२ बर्षीय छोरा इचिहाङ मावो कुलोको पानीमा पौडी खेल्ने क्रममा अचानक पानीमा डुवी मृत्यु भएको हो ।

    मृतक बालकको शवलाई पोष्टमार्टमको लागि मेची अस्पताल पठाएको र  घटना सम्वन्धमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट अन्य थप अनुसन्धान भईरहेको छ ।

  • सम्बन्धित विषय:

  • # झापा
  • # साेलुखुम्बु

  • तेस्रो आँखा