एसईईको नतिजा सार्वजनिक गर्न बोर्डको बैठक बस्दै, नतिजा यसरी हेर्न सकिन्छ...

एसईईको नतिजा सार्वजनिक गर्न बोर्डको बैठक बस्दै, नतिजा यसरी हेर्न सकिन्छ...


  • 7.0K
    SHARES
    • श्रावण ११, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 10.8K Views

    एसईईको नतिजा सार्वजनिक गर्न बोर्डको बैठक बस्दै, नतिजा यसरी हेर्न सकिन्छ...

    काठमाडौं, ११ साउन। माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक हुँदै छ। नतिजा सार्वजनिक गर्नका लागि दिउँसो २ बजे परीक्षा बोर्डको बैठक बस्दै छ। 

    images

    शैक्षिक सत्र २०७/२०७७ मा आन्तरिक मूल्यांकनबाट नतिजा सार्वजनिक गरेको बोर्डले शैक्षिक सत्र २०७८ को परीक्षा वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गरेको थियो। परीक्षामा ४ लाख १४ हजार विद्यार्थी सहभागी भएका थिए। कोभिडका कारण दुई वर्षपछि कक्षा १० का विद्यार्थीले भौतिक उपस्थितिमा एसईई परीक्षा दिएका थिए।

    यसरी हेर्न सकिन्छ नतिजा

    एसईईको नतिजा एसएमएस, आईभीआर र वेबसाइटबाट हेर्न सकिन्छ। नेपाल टेलिकमको १६०० नम्बरमा डायल गरी प्राप्त निर्देशन अनुसार नतिजा थाहा पाउन सकिने परीक्षा बोर्डले जनाएको छ।

    त्यस्तै राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट र नेपाल टेलिकमको वेबसाइटबाट पनि नतिजा थाहा पाउन सकिन्छ।

     

  • सम्बन्धित विषय:

  • # एसईई

  • तेस्रो आँखा
    लेखकबाट थप