सरकारी छात्रवृत्तिमा पाकिस्तानमा चिकित्सा शिक्षा पढ्न चाहनेका लागि आवेदन खुला

सरकारी छात्रवृत्तिमा पाकिस्तानमा चिकित्सा शिक्षा पढ्न चाहनेका लागि आवेदन खुला


  • 6.1K
    SHARES
    • श्रावण ११, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 9.4K Views

    सरकारी छात्रवृत्तिमा पाकिस्तानमा चिकित्सा शिक्षा पढ्न चाहनेका लागि आवेदन खुला

    काठमाडौं, ११ साउन। चिकित्सा शिक्षा आयोगले सरकारी छात्रवृत्तिमा पाकिस्तान पढ्न चाहनेका लागि आवेदन खुला गरेको छ । पाकिस्तान सरकारबाट नेपाल सरकारलाई प्राप्त चिकित्सा शिक्षा स्नातक तहको छात्रवृत्तिका लागि आवेदन माग गरेको हो ।

    images

    पाकिस्तान सरकारले नेपालको लागि स्नातक तहमा अध्ययनका लागि १९ सिट दिएको छ । शैक्षिक सत्र २०२२ देखि २०२३ मा पाकिस्तान टेक्निकल एसिस्टेन्स प्रोग्राम अन्तर्गत स्नातक तहका एमबीबीएस, बीडीएस र डी फार्मेसी विषयमा छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थीका लागि आवेदन माग गरिएको हो ।

    नेपालीका लागि एमबीबीएसमा १०, बीडीएसमा ८ र डी फार्मेसीमा १ सिट कोटा छ । आयोगले सूचना जारी गर्दै छात्रवृत्तिका लागि इच्छुक योग्यता पुगेका उम्मेदवारहरुले साउन १६ गतेभित्र अनलाइन आवेदन पेश गर्न सक्ने जनाएको छ ।


    तेस्रो आँखा
    लेखकबाट थप