• ट्रेण्डिङ्ग :
अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक
समयमा बैठक सुरु नभएपछि रावलको कविता: देशको लागि लड्ने सालिक भएछ, देश द्रोही मान्छे चाहिँ मालिक भएछ

समयमा बैठक सुरु नभएपछि रावलको कविता: देशको लागि लड्ने सालिक भएछ, देश द्रोही मान्छे चाहिँ मालिक भएछ


  • 7.4K
    SHARES
    • श्रावण ११, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 11.4K Views

    समयमा बैठक सुरु नभएपछि रावलको कविता: देशको लागि लड्ने सालिक भएछ, देश द्रोही मान्छे चाहिँ मालिक भएछ

    काठमाडौं, ११ साउन। प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सांसदको गणपूरक संख्या नपुगेपछि समयमा बैठक सुरु हुन सकेको छैन । बुधबार दिउँसो १ बजेका लागि तोकिएको बैठक गणपूरक संख्या नपुगेका कारण २ बजेसम्म सुरु हुन नसकेको ।

    images

    अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) र सिंगापुर सेनाका भूपू गोर्खा सैनिकको विषयमा छलफल गर्न बैठक बोलाइएको हो । तर बैठक सुरु नभएपछि एमाले नेता भीम रावलले बैठक हलमा कविता सुनाए :

    देशको लागि लड्ने सालिक भएछ
    देश द्रोही मान्छे चाहिँ मालिक भएछ

    समितिको बैठकका लागि एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह, समिति सभापति पवित्रा निरौला खरेल, सांसदहरु दीपक प्रकाश भट्ट, लीलादेवी सिटौला, चादतारा कुमारी, , रेनुका गुरुङ उपस्थित भएका छन् ।

  • सम्बन्धित विषय:

  • # भिम रावल

  • तेस्रो आँखा
    लेखकबाट थप