समितिमा छलफल नै नगराई सरकारले नयाँ विधेयक ल्याएर जनतालाई भ्रममा राख्यो: ओली

समितिमा छलफल नै नगराई सरकारले नयाँ विधेयक ल्याएर जनतालाई भ्रममा राख्यो: ओली


  • 7.3K
    SHARES
    • श्रावण ११, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 11.2K Views

    समितिमा छलफल नै नगराई सरकारले नयाँ विधेयक ल्याएर जनतालाई भ्रममा राख्यो: ओली

    काठमाडौं, ११ साउन। नेकपा एमालेका अध्यक्ष केपी ओलीले समितिमा छलफल नै नगराई नयाँ विधेयक ल्याएर सरकारले जनतालाई भ्रममा राखेको बताएका छन् । 

    images

    बुधबार झापाको बिर्तामोडमा आयोजित नेपाल उत्पीडित मुक्ति समाजको भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पहिले समितिमा रोकेको र अहिले समितिमा छलफल नै नगराई नयाँ विधेयक ल्याएर सरकारले जनतालाई भ्रममा राखेको बताएका हुन् । ओलीले आफूले जस लिनकै लागि गठबन्धन सरकारले नयाँ नागरिकता विधेयक ल्याएको बताए । यसअघि प्रचण्डले तीन वर्ष रोकेर राखेको उक्त विधेयक अहिले जस लिनका लागि नै गठबन्धन सरकारले ल्याएको उनको भनाइ छ । 

    त्यस्तै ओलीले राष्ट्रियताका पक्षमा उभिएकै कारण गठबन्धनको उद्देश्य एमालेलाई कमजोर पार्ने र सिध्याउने केन्द्रित रहेको तर्क गरे। गठबन्धनमा भएका पार्टीले पहिचानका नाममा राज्यलाई बिखण्डीत गर्ने प्रयास गरेको र गठबन्धन दलका क्रियाकलापकै कारण संघीयता समेत बदनाम भएको धारणा राखे। अध्यक्ष ओलीले एमालेको ध्यान मुलुकको विकास र सुशासनमा केन्द्रित रहेको जिकिर गरे। 

  • सम्बन्धित विषय:

  • # एमाले
  • # केपी शर्मा ओली

  • तेस्रो आँखा
    लेखकबाट थप