• ट्रेण्डिङ्ग :
मोरङको बेलबारीमा ट्रकमा कार ठोक्किँदा एक किशोरको मृत्यु

मोरङको बेलबारीमा ट्रकमा कार ठोक्किँदा एक किशोरको मृत्यु


  • 8.1K
    SHARES
    • श्रावण ११, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 12.4K Views

    मोरङको बेलबारीमा ट्रकमा कार ठोक्किँदा एक किशोरको मृत्यु

    मोरङ, ११ साउन। मोरङको बेलबारी नगरपालिका–८ मतुवामा ट्रकमा कार ठोक्किँदा कारमा सवार एक किशोरको मृत्यु भएको छ । दुर्घटनामा कार चालक घाइते भएका छन् ।  

    images

    मृत्यु हुनेमा कारमा सवार झापाको दमक नगरपालिका–४ का १४ वर्षीय राजु बराइली रहेका छन् । गम्भीर घाइते भएका उनको उपचारको क्रममा विराटनगर स्थित नोबेल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

    कार चालक बेलबारी नगरपालिका–१ का २२ वर्षीय सन्दिप लामिछानेको सोही अस्पतालमा उपचार भइरहेको छ ।  रोकिराखेको को १ ख ८००४ नम्बरको ट्रकमा बा ११ च २४५८ नम्बरको कार आज बिहान ७ बजे ठोक्किएको थियो । दुबै सवारी साधन र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

  • सम्बन्धित विषय:

  • # दुर्घटना

  • तेस्रो आँखा
    लेखकबाट थप