• ट्रेण्डिङ्ग :
छिमेकी बालकलाई मरनासन्न हुनेगरी कुटपिट गर्ने महिला प्रहरी नियन्त्रणमा

छिमेकी बालकलाई मरनासन्न हुनेगरी कुटपिट गर्ने महिला प्रहरी नियन्त्रणमा


  • 5.4K
    SHARES
    • श्रावण १२, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 8.3K Views

    छिमेकी बालकलाई मरनासन्न हुनेगरी कुटपिट गर्ने महिला प्रहरी नियन्त्रणमा

    ओखलढुंगा । ओखलढुंगा सदरमुकाममा१० बर्षिय बालकमाथी मरनासन्न हुनेगरी कुटपिट गरेको आरोपमा एक महिला पक्राउ परेका छिन । सिद्धिचरण नगरपालिका ११ रामबजारकी ३८ बर्षिय श्रेष्ठ थर गरेकी महिलालाई बालकमाथी कुटपिट गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो ।

    images

    गत साउन ७ गते दुई बालवालिका बिच खेल्ने क्रममा भएको समान्य बिवादका कारण छिमेकी १० बर्षिय बालकमाथी कुटपिट गरेको उनीमाथी आरोप छ । पिडितका तर्फका हजुरबाबुले अभद्र व्यवहार सम्बन्धि जाहेरी दर्ता गराएपछि कानुन बमोजीम श्रेष्ठलाई बुधबार प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय  ओखलढुंगाका प्रहरी प्रमुख सुकदेव खनालले बताए ।

    कुटपिटपछि बारम्बार बान्ता गर्ने समस्या देखिएका बालकलाई अ‍ेखलढुंगा सामुदायीक अस्पतालले काठमाडाै  रेफर गरेकाे छ । उनकाे अहिले काठमाण्डौ स्थित एक अस्पतालमा उपचार भैरहेको परिवारले जनाएकाे  छ । पिडक भनिएका महिलालाई नियन्त्रणमा लिएर घटनाको बिषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

    अस्पतालले बालकलाई टाउकोमा समस्या भएको हुनसक्ने बताएको पिडीतका आफन्तले बताएका छन् ।

  • सम्बन्धित विषय:

  • # प्रहरी नियन्त्रणमा

  • तेस्रो आँखा