एसपीपीबारे परराष्ट्र मन्त्री नारायण खड्काले संसदमा जवाफ दिने

एसपीपीबारे परराष्ट्र मन्त्री नारायण खड्काले संसदमा जवाफ दिने


  • 6.8K
    SHARES
    • श्रावण १३, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 10.4K Views

    एसपीपीबारे परराष्ट्र मन्त्री नारायण खड्काले संसदमा जवाफ दिने

    काठमाडौं, १३ साउन। एसपीपीबारे सरकारका निर्णय र त्यसको कार्यान्वयन अवस्था सम्बन्धमा परराष्ट्र मन्त्री नारायण खड्काले संसदमा जवाफ दिने भएका छन्। यसअघि साउन ५ गते बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सदनलाई जानकारी गराउन सरकारलाई निर्देशन दिएका थिए।

    images

    मन्त्रिपरिषद बैठकले एसपीपी सम्झौता लागू नगर्ने निर्णय गरेको लामो समय भए पनि परराष्ट्र मन्त्रालयले यसबारे अमेरिकालाई पत्राचार गरेको छैन। सभामुख सापकोटाले सांसदहरूले एसपीपीबारे उठाएका विषयमा आफ्नो ध्यानाकर्षण भएको बताएका थिए।

    एमालेका सांसद भीम रावलले पनि एसपीपीबारे सदनलाई जानकारी गराउन सरकारलाई सभामुखले रूलिङ गर्नुपर्ने माग राखेका थिए। यसैबीच दुई दिने नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले आजै प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग राजनीतिक भेटवार्ता गर्दैछन्।

  • सम्बन्धित विषय:

  • # एसपीपी

  • तेस्रो आँखा
    लेखकबाट थप