एसपीपी अस्वीकार गर्नेबारे अमेरिकालाई पठाइएको पत्र सार्वजनिक गर्न सांसदहरूको माग

एसपीपी अस्वीकार गर्नेबारे अमेरिकालाई पठाइएको पत्र सार्वजनिक गर्न सांसदहरूको माग


  • 6.4K
    SHARES
    • श्रावण १३, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 9.8K Views

    एसपीपी अस्वीकार गर्नेबारे अमेरिकालाई पठाइएको पत्र सार्वजनिक गर्न सांसदहरूको माग

    काठमाडौं, १३ साउन। प्रतिनिधिसभाका सांसदहरुले एसपीपीबारे अमेरिकालाई पठाएको पत्र सार्वजनिक गर्न माग गरेका छन् ।परराष्ट्रमन्त्री डा. नारायण खतिवडाले एसपीपी अगाडि नबढाउने सरकारको निर्णय अमेरिकालाई पठाइएको बताएपछि सांसदहरुले त्यो पत्र माग गरेका हुन् ।

    images

    ‘नेपाल सरकारले अमेरिकालाई पठाएको पत्र यो गरिमामय सदनमा पढेनर सुनाउनुपर्छ’, सांसद पवित्रा निरौला खरेलले माग गरिन् । उनले त्यो पत्र अन्तर्राष्ट्रिय सम्बन्ध समितिलाई समेत बुझाउन माग गरिन् । ‘समितिले बारबार पत्राचार गरेको छ । समितिलाई छायाँ कपी प्रदान गरिनुपर्छ’, निरौलाले भनिन् । अर्का सांसद सूर्यप्रसाद पाठकले पनि एसपीपीबारे पठाइको पत्र सार्वजनिक गर्न माग गरे ।

    ‘परराष्ट्रमन्त्रीले पत्र पनि सरर बाचन गर्नुहुन्छ भन्ने अनुमान थियो । तर गर्नुभएन’ उनले भने, ‘जवाफ दिन जाँदै हुनुहुन्छ पत्र पनि पढेर सुनाउनुहुन्छ भन्ने विश्वास गर्छु । माग गर्छु ।’ सांसद घनश्याम खतिवडाले पनि सार्वभौम संसदले पत्रबारे पनि जानकारी पाउनुपर्ने बताए । ‘के शब्दहरु लेखेर पठाउनुभयो । जनताको सार्वभौम सम्पन्न संसदले त्यो जानकारी राख्न पाउनुपर्छ कि पर्दैन रु’, उनले प्रश्न गरे ।

  • सम्बन्धित विषय:

  • # एसपीपी

  • तेस्रो आँखा
    लेखकबाट थप