एसपीपी अस्वीकार गरेको पत्र सार्वजनिक गर्न सांसदले माग गरेपछि परराष्ट्रमन्त्रीको जवाफ: सरकारमाथि विश्वास गर्नुस्

एसपीपी अस्वीकार गरेको पत्र सार्वजनिक गर्न सांसदले माग गरेपछि परराष्ट्रमन्त्रीको जवाफ: सरकारमाथि विश्वास गर्नुस्


  • 6.7K
    SHARES
    • श्रावण १३, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 10.3K Views

    एसपीपी अस्वीकार गरेको पत्र सार्वजनिक गर्न सांसदले माग गरेपछि परराष्ट्रमन्त्रीको जवाफ: सरकारमाथि विश्वास गर्नुस्

    काठमाडौं, १३ साउन। परराष्ट्रमन्त्री नारायण खड्काले गठबन्धन सरकार सैन्य गठबन्धनमा सामेल नहुने प्रतिवद्धता व्यक्त गरेका छन् ।

    images

    शुक्रबार संसदमा बोल्दै परराष्ट्रमन्त्री खड्काले कुनैपनि सैन्य गठबन्धन नेपालको हितमा नभएको स्पष्ट पारेका हुन्। एसपीपी फिर्ताका लागि अमेरिकी सरकारलाई पठाइएको पत्र संसदमा पेश गर्ने प्रश्न उठेपछि परराष्ट्र मन्त्री खड्काले भने, ’राज्य सञ्चालन गर्ने क्रममा कतिपय विषयहरुमा साधारणतया विश्वास गरिन्छ । सार्वभौम सत्तासम्पन्न राष्ट्रको मन्त्रिपरिषद्ले गरेको निर्णयमाथि संसय व्यक्त गरिरहेका छौं । सरकारले गरेका निर्णयहरुमा पनि आशंका व्यक्त गर्दै गर्नुहुँदैन । विश्वासको वातावरण हुनैपर्छ । परराष्ट्रमन्त्री बोलीसकेपछि पत्र संसदमा दिने कुरा प्रतिपक्ष, संसदमा विश्वास ह्रासोन्मुख भइराखेको हो की ?’  

    संसद बैठकमा सांसदहरुले एसपीपीबारे अमेरिकालाई पठाएको पत्र सार्वजनिक गर्न माग गरेका थिए । त्यसको जवाफ दिँदै मन्त्री खड्काले सरकारले गरेको निर्णयमा विश्वास गर्न आग्रह गरेको थिए । 

  • सम्बन्धित विषय:

  • # एसपीपी

  • तेस्रो आँखा
    लेखकबाट थप