• ट्रेण्डिङ्ग :
बजेट प्रकरण: संसदीय विशेष समितिको प्रतिवेदन संसदमा पेश

बजेट प्रकरण: संसदीय विशेष समितिको प्रतिवेदन संसदमा पेश


  • 7.0K
    SHARES
    • श्रावण १३, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 10.8K Views

    बजेट प्रकरण: संसदीय विशेष समितिको प्रतिवेदन संसदमा पेश

    काठमाडौं, १३ साउन। संसदीय विशेष समितिले तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि गरिएको छानविनको प्रतिवेदन प्रतिनिनिधि सभामा पेश भएको छ। समिति सभापति लक्ष्मणलाल कर्णले समितिको प्रतिवेदन सदनसमक्ष पेश गरेका हुन्।

    images

    समिति सभापति कर्णले प्रतिवेदन संसदमा पेश गर्नुअघि आजै सभामुख अग्निप्रसाद सापकोटासमक्ष बुझाएका थिए। समितिले विभिन्न पक्षसँग छलफल गरेर प्रतिवेदन तयार गरेको हो । समितिले पूर्वअर्थमन्त्री जनार्दन शर्मा, अर्थ मन्त्रालयका सचिव, बजेट निर्माणमा संलग्न उच्चपदस्थ कर्मचारीसँग बयान लिएको थियो । समितिलाई १० दिनभित्र प्रतिवेदन दिन भनिएको थियो । 

    तोकिएको समयभित्र समितिले काम नसकेपछि प्रतिनिधिसभाले सात दिन समय थप गरेको थियो । समितिको अन्तिम म्याद बिहीबार सकिएको थियो । करको दायरा हेरफेर गरेको आरोप लागेपछि राजीनामा दिएपछि तत्कालीन अर्थमन्त्री शर्मामाथि छानविन गर्न समिति गठन भएको छ। सो समितिले हालसम्म गरेको अनुसन्धानको प्रतिवेदन पेश भएको हो।

    शर्मामाथि छानबिन गर्ने सरकारले ११ सदस्यीय संसदीय विशेष समिति गठन गरेको छ। समितिमा लक्ष्मणलाल कर्ण, खगराज अधिकारी, देवप्रसाद गुरुङ, प्रदीपकुमार ज्ञवाली, मानबहादुर विश्वकर्मा, भानुभक्त ढकाल, बिमला विक, शक्तिबहादुर बस्नेत, सरलाकुमारी यादव, सीताराम महतो, सुरेन्द्र यादव रहेका छन् ।   

  • सम्बन्धित विषय:

  • # अर्थमन्त्री प्रकरण

  • तेस्रो आँखा
    लेखकबाट थप