सकभर सहमतिमै कांग्रेस नेतृत्व टुंगो लगाउँछौं - देउवा

सकभर सहमतिमै कांग्रेस नेतृत्व टुंगो लगाउँछौं - देउवा


  • 5.1K
    SHARES
    • मंसिर २३, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 7.9K Views

    सकभर सहमतिमै कांग्रेस नेतृत्व टुंगो लगाउँछौं - देउवा
    काठमाडौं, २३ मंसिर । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सकभर सहमतिमै नयाँ नेतृत्व चयन गर्ने बताएका छन् ।
     
    बिहीबार बिहान कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले लेखेको ‘नेपाली कांग्रेस एन्ड नेसन बिल्डिङ’ पुस्तक विमोचन समारोहमा देउवाले सकभर सहमतिका नेतृत्व चयन गरिने बताए । त्यसकै लागि केन्द्रीय समितिको बैठक राखिएको उनको भनाइ छ ।

    उनले सहमतिमै नेतृत्व चयन नभए अस्वस्थ प्रतिस्पर्धा र कटुता नगर्न पनि आग्रह गरेका छन् । उनले महाधिवेशनपछि उत्साहका साथ गाउँघर फर्केर पार्टीलाई निर्वाचनमा सफल बनाउन लाग्नुपर्ने उल्लेख गर्दै उनले हार्नेले जित्नेलाई सहयोग गर्ने जित्नेले हार्नेको सहयोग लिने वातावरण बनाउनुपर्ने देउवाले बताए।

    images

    सहमहामन्त्री महतले बीपी कोइराला प्रधानमन्त्री भएको समयमा नेपालको आर्थिक नीतिबारे लेखिएको आफ्नो डिग्रीको शोधपत्रलाई  पुस्तकको रुप दिएको जानकारी दिए । 


    तेस्रो आँखा