दार्चुलाका छात्रामा अज्ञात रोग देखिएपछि पाँच दिनको लागि विद्यालय बन्द

दार्चुलाका छात्रामा अज्ञात रोग देखिएपछि पाँच दिनको लागि विद्यालय बन्द


  • 7.2K
    SHARES
    • श्रावण १४, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 11.1K Views

    दार्चुलाका छात्रामा अज्ञात रोग देखिएपछि पाँच दिनको लागि विद्यालय बन्द

    धनगढी, १४ साउन। छात्रामा अज्ञात रोग देखेर विरामी पर्न थालेपछि दार्चुलाका विद्यालय बन्द गरिएको छ। अपि हिमाल गाउँपालिका–४ मा रहेको खण्डेश्वरी माविका अध्ययनरत छात्रामा एक्कासी छट्पटाउने, मुर्छा पर्ने, रूने, कराउने तथा भीडभाडदेखि डराउने लक्षणहरू देखिएपछि विद्यालय १३ गतेदेखि बन्द छ।

    images

    विद्यालयका प्रधानाध्यापक खडकसिंह लोथ्यालका अनुसार छात्राको स्वास्थ्य अवस्थामा सुधार भए साउन १७ गतेदेखि विद्यालयको पठनपाठन सुचारू गरिनेछ।

    विद्यालय बन्द भएपछि साउन १५ गतेदेखि सञ्चालन हुने भनिएको प्रथम त्रैमासिकको परीक्षासमेत अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ। छात्राको स्वास्थ्य अवस्थाबारे बुझ्ने काम भइरहेको विद्यालय प्राधानाध्यापक लोथ्यालले जानकारी दिए।

  • सम्बन्धित विषय:

  • # दार्चुला

  • तेस्रो आँखा
    लेखकबाट थप