सभापतिको दौडबाट पछि हट्दिन : प्रकाशमान

सभापतिको दौडबाट पछि हट्दिन : प्रकाशमान


  • 6.0K
    SHARES
    • मंसिर २३, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 9.2K Views

    सभापतिको दौडबाट पछि हट्दिन : प्रकाशमान
    काठमाडौं, २३ मंसिर । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले १४औँ महाधिवेशनमा आफू सभापतिको दौडबाट पछि नहट्ने बताएका छन् ।
     
    महाधिवेशन सुरु हुन केही घण्टामात्र बाँकी रहँदा सभापतिमा साझा उम्मेदवारी चयन गर्न नसकेका वरिष्ठ नेता रामचन्द्र पौडललाई सिंहको यो अभिव्यक्तिपछि थप संकट निम्तिएको छ ।

    पार्टीभित्रको शक्ति राजनीतिका कारण नेपाली कांग्रेसले जनताले सोचे अनुरुप ट्रयाक समाउन नसेको भन्दै सिंहले पार्टीलाई विधि विधान अनुसार चलाउन र समावेशीरूपमा पार्टीलाई अगाडि बढाउन आफ्नो सभापतिमा दाबी रहेको र सभापतिको दाबीबाट पछि नहट्ने बताए ।

    images

    काठमाडौंको बानेश्वरमा बिहीबार सन्त नेता कृष्णप्रसाद भट्टराईको शालिक अनावरण गर्दै नेता सिंहले पाटीलार्ई विधिसम्मत नियमसम्मत र संस्थागतरूपमा अगाडि बढाउन र सम्पूर्ण चुनौतीलाई सामना गर्दै आफूले कांग्रेसलाई विशुद्ध प्रजातान्त्रिक पार्टीको रूपमा स्थापित गराउने एजेण्डाका साथ सभापति पदका लागि दाबी गरेको बताए ।

    कार्यक्रममा सिंहले कांग्रेसलाई एकताबद्ध हुन किसुनजीले गरेको त्यागलाई कुनै पनि नेताले आत्मसाथ गर्न नसकेको भन्दै दु:ख समेत व्यक्त गरे । न्युज कारखाना


    तेस्रो आँखा