काठमाडौं, २३ मंसिर । नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिले १४औँ महाधिवेशनमा पेस गरिने राजनीतिक, आर्थिकसहितका तीन वटा प्रतिवेदन पारित गरेको छ ।
सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले शुक्रबारबाट सुरु हुन लागेको १४औँ महाधिवेशनमा पेस गरिने प्रतिवेदनलाई पारित गरेको नेता महेन्द्र यादवले जानकारी दिए ।
त्यस्तै, बैठकले विधान संशोधनलगायत अनुमोदन पनि गरेको छ।
वरिष्ठ नेता रामचन्द्र पौडेल, शेखर कोइराला, प्रकाशमान सिंहसहितका नेताहरुले सो बैठकलाई बहिस्कार गरेका थिए । भने
पार्टी सभापति शेरबहादुर दउवा पुगेपछि बैठक सुरू भएकाे थियाे । पाैडेलकाे उपस्थितीबिना बैठकले महाधिवेशनमा प्रस्तुत गर्ने प्रतिवेदन पारित गरेकाे हाे ।
